विश्व नेवाः संगठन (WNO) पोल्याण्ड च्याप्टरको नयाँ कार्यसमिति विस्तार तथा बैठक सम्पन्न
विश्व नेवाः संगठन (WNO) पोल्याण्ड च्याप्टरको नयाँ कार्यसमिति विस्तार तथा बैठक सम्पन्न
नेवाः संस्कृति, परम्परा, भाषा र सम्पदाको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित विश्व नेवाः संगठन (World Newah Organization), पोल्याण्ड च्याप्टरको विशेष बैठक राजधानी वारसामा सफलतापूर्वक सम्पन्न भएको छ।
विदेशमा रहेका नेवाः समुदायलाई गोलबद्ध गर्ने र आफ्नो मौलिक पहिचान जोगाउने उद्देश्य राखेको यस संगठनले पोल्याण्डमा नेवाः जात्रा, भेषभुषा, संगीत र कलालाई स्थानीय नेपाली तथा पोलिस नागरिकहरू माझ पुर्याएर सांस्कृतिक आदानप्रदान गर्ने लक्ष्य लिएको छ।
कार्यसमिति विस्तार र सुदृढीकरण
यसअघि नै सक्रिय रूपमा कार्यरत समितिलाई थप सशक्त बनाउन नयाँ सदस्यहरू समेत थप गरिएको छ। नयाँ कार्यसमिति यस प्रकार रहेको छ:
- अध्यक्ष: अविनाश डंगोल
- उपाध्यक्ष: प्रशंसा प्रधान
- सचिव: रोजा श्रेष्ठ
- सह-सचिव: मिलन रत्न तुलाधर
- कोषाध्यक्ष: दिनोज महर्जन
- सह-कोषाध्यक्ष: आशिष श्रेष्ठ
- प्रमुख सल्लाहकार: सजेन्द्र वीर डंगोल
सदस्यहरू:
मणिराज डंगोल, निरञ्जन गुभाजु, तारा देवी श्रेष्ठ (कुसुम), सिम्पसन श्रेष्ठ, सुस्मिता थापा तुलाधर, प्रनिशा शाक्य, सागर पत्रबंश, निशान्त हलवाई, उज्वल श्रेष्ठ।
सांस्कृतिक एकता र सहकार्य
बैठकका क्रममा अध्यक्ष अविनाश डंगोलले नयाँ कार्यसमितिका सदस्यहरूलाई बधाई ज्ञापन गर्दै समुदायको सेवामा समर्पित हुन सबैलाई आग्रह गर्नुभयो। संगठनले आगामी दिनमा पोल्याण्डको समृद्ध संस्कृतिबाट सिक्दै आफ्नो मौलिक नेवाः परम्परालाई पनि यहाँका बासिन्दाहरू माझ चिनाउने योजना बनाएको छ।
बैठकको लागि स्थान तथा स्वादिष्ट भोजनको व्यवस्थापन गरिदिने ‘एभरेष्ट नेपाल’ (Everest Nepal Restauracja Nepalska i Indyjska) लाई संगठनले विशेष धन्यवाद व्यक्त गरेको छ।
सबै सदस्यहरूको प्रतिबद्धता र एकताले पोल्याण्डमा नेवाः समुदायको उपस्थिति अझ दरिलो हुने विश्वास लिइएको छ।


