याक्थुङ-लिम्बु समाज पोल्याण्डको पहिलो अधिवेशन सम्पन्न, १५ सदस्यीय नयाँ कार्यसमिति गठन
याक्थुङ-लिम्बु समाज पोल्याण्डको पहिलो अधिवेशन सम्पन्न, १५ सदस्यीय नयाँ कार्यसमिति गठन
(पोल्याण्ड), फेब्रुवरी १, २०२६ – पोल्याण्डमा बसोबास गर्ने लिम्बू समुदायको पहिलो औपचारिक भेला सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न पेशा तथा व्यवसायमा संलग्न लिम्बूहरूको प्रथम अधिवेशनले “याक्थुङ-लिम्बु समाज, पोल्याण्ड” नामक संस्था स्थापना गरेको छ।
भेलाले श्री गणेश सिन्जागु लिम्बुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। संस्थाको उद्देश्य लिम्बू संस्कृति, भाषा, परम्परा संरक्षण तथा समुदायबीच एकता र सहकार्य प्रवर्द्धन गर्नु रहेको बताइएको छ।
नवगठित कार्यसमितिको तपशील यसप्रकार छ:
- संरक्षक: सुनिता लावती
- अध्यक्ष: गणेश सिन्जागु लिम्बु
- उपाध्यक्ष: हरिचन्द्र योङहाङ
- सचिव: विजय लिम्बू
- सह-सचिव: लबिन योङहाङ
- कोषाध्यक्ष: सदिक्षा सम्बाहाम्फे
सदस्यहरू:
१. जोनी सम्बाहाम्फे
२. नन्द माबुहाङ
३. अशोक कन्दङ्वा
४. संतोष चेम्जोङ
५. किसान लिम्बू
६. सन्तोष थेगुवा लिम्बू
७. उमेश सुब्बा
८. सीमा लिम्बू
९. कुमारी लिम्बू
१०. हाङमा लिम्बू
प्रमुख सल्लाहकार: अम्बिका हाङबाङ्
सल्लाहकारहरू:
१. लोकेन्द्र आम्बुङ
२. मनकुमार यक्सो
३. टीकाराम सोदेम्बा
यो अधिवेशनले पोल्याण्डमा रहेका लिम्बू समुदायका लागि महत्वपूर्ण कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। संस्थाले आगामी दिनमा लिम्बू समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछ योजना बनाउनेछ भन्ने अपेक्षा गरिइएको छ ।


