पोल्यान्ड नेपाल सम्मान बाट २०२६ मार्च १ गते मुकुल बोहोरालाइ सम्मान गरिने

पोल्यान्ड नेपाल सम्मान” सन् २०२१ सम्म निरन्तर रूपमा प्रदान गरिँदै आएको थियो। विविध कारणवश केही समयका लागि स्थगित भएको यो सम्मान अबदेखि पुनः निरन्तर रूपमा प्रदान गरिने भएको छ।

यसै सन्दर्भमा, पोल्यान्डमा खेलकुद क्षेत्रको विकासमा झण्डै एक दशकदेखि निरन्तर रूपमा योगदान पुर्‍याउँदै आउनु भएका मुकुल बोहोरा लाई कदर गर्दै यही २०२६ मार्च १ तारिखका दिन एक विशेष कार्यक्रमको आयोजना गरी पोल्यान्ड नेपाल सम्मान प्रदान गरिने भएको छ। उक्त सम्मान कार्यक्रम खेलकुद क्षेत्रमा बिशेष भुमिका खेलेवापत प्रोत्साहन गर्ने नीति अनुरुपको घोषणा २०२१ मा पोल्यान्ड नेपालले गरिसकेको थियो ।

को हुन् मुकुल बोहोरा ?

शनि अर्जुन–०४, झापा, नेपालको एउटा सामान्य गाउँमा २०५६ साल कार्तिक २४ गते जन्मिएको एउटा बालक—जसको हातमा कहिल्यै महँगो खेलौना थिएन, तर मनभरि सपना थियो। त्यो सपना थियो—फुटबल।
यो कथा कुनै एक खेलाडीको मात्र होइन, यो कथा हो संघर्ष, निरन्तरता र “म होइन, हामी” भन्ने दर्शनको।
यो कथा हो मुकुल बोहोरा को।
बाल्यकालदेखि नै फुटबल र क्रिकेटप्रति गहिरो मोह थियो। दशैं आउँदा नयाँ लुगा भन्दा “बरु फुटबल किनिदिनु” भन्ने चाहना बोकेर हुर्किएको बालक, फुटबल किन्न पैसा नहुँदा आफैं बल बनाएर खेल्थ्यो। चोटपटक लाग्थ्यो, हातखुट्टा दुख्थे, तर खेलप्रतिको प्रेम कहिल्यै कमजोर भएन।
खेल्न नसक्दा पनि समर्थन गर्न छोडेन—किनकि उसको विश्वास थियो, खेल केवल मैदानमा खेलिने कुरा होइन, यो जीवन जिउने तरिका हो।

उसको मनमा सधैं एउटा पीडा पोलिरह्यो—अत्यन्तै प्रतिभाशाली धेरै नेपाली खेलाडीहरू अवसरको अभावमा हराउँदै जानु। देशका हिरा पहिचान नपाएर हराउनु। यही पीडाले उसलाई आफू मात्र राम्रो खेल्ने होइन, अरूका लागि पनि बाटो बनाउने सोचतर्फ डोर्‍यायो।

२०२१ मा स्विडेनमा आयोजित NRN Cup मा पोल्यान्डबाट दुई टोलीको नेतृत्व गरियो, र अन्ततः पोल्यान्डकै टोली लिस्नेप पोजनान ले उपाधि जित्यो। त्यो जित केवल ट्रफीको होइन, एक समुदायको आत्मविश्वासको जित थियो।

तर यो यात्रामा मूल्य पनि तिर्नुपर्‍यो।
दुई हात र टाउकोमा चोटपटक, कुममा चोटपटक। पोल्यान्डमै खुट्टा भाँचिएर तीन महिना बैसाखीको सहारामा जीवन चलाउनुपर्यो।
राति बेकरीमा ८ घण्टा काम, आउन–जान ३ घण्टा यात्रा, अनि फर्किएर १० किलोमिटर दौड र २ घण्टा फुटबल अभ्यास—यो दैनिकी सामान्य मानिसका लागि पागलपन लाग्न सक्छ, तर सपना देख्नेहरूका लागि यही साधना हो।खेल जीवन रोकिए पनि जीवनको दर्शन रोकिएन।
आज उनी मैदानमा छैनन्, तर मैदान बाहिर अझै सक्रिय छन्। खेल खेल्न छाडे पनि खेलको पक्षमा उभिन छाडेका छैनन्। नेपाली खेलकुद, नेपाली समुदाय र नेपाली युवाको हितका लागि बोल्न र गर्न कहिल्यै पछि हटेका छैनन्।

उनको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ—
जीवनमा जित सधैं स्कोरबोर्डमा देखिँदैन। कहिलेकाहीँ जित भनेको नढल्नु होइन, ढलेर पनि उठिरहनु हो।
‘म’ भन्दा ‘हामी’ रोज्नु हो।
खेल छाडिएला, तर मूल्य छोडिनु हुँदैन।

यही दर्शन हो, यही योगदान हो—
जसले उनलाई पोल्यान्डनेपाल सम्मानको लागि योग्य बनाउँछ, पदकभन्दा माथि उठाएर मानिसको रूपमा चिनाउँछ।

संक्षिप्त जीवन परिचय
नाम: मुकुल बोहोरा
जन्म स्थान: शनि अर्जुन–०४, झापा, नेपाल
जन्म मिति: वि.सं. २०५६ साल कार्तिक २४ गते

शैक्षिक पृष्ठभूमि
स्कुलिङ:
कक्षा नर्सरीदेखि कक्षा १० सम्म
बालकल्याण आवासीय माध्यमिक विद्यालय
(२०१४)

हाई स्कुल:
बाल्मिकि प्रोभिडेन्स हायर सेकेन्डरी स्कुल
(२०१६)
– कम्प्युटर साइन्स विषयमा अध्ययन सम्पन्न

उच्च शिक्षा (पोल्यान्ड):
Bachelor in Business Administration (BBA)
(२०१७–२०२०)
खेलकुदप्रतिको रुचि र प्रारम्भिक संघर्ष

उनी भन्छन् बाल्यकालदेखि नै फुटबल र क्रिकेटप्रति गहिरो लगाव रह्यो। समयसँगै फुटबलप्रतिको मोह अझै बढ्दै गयो र पढाइसँगै फुटबललाई पनि निरन्तर अघि बढाइयो। खेल खेल्ने क्रममा चोटपटक लागे पनि कहिल्यै खेल छोड्ने सोच आएन।

पोल्यान्ड यात्रा र फुटबल यात्रा

पोल्यान्ड आगमन: २०१५
– अध्ययनको उद्देश्यले आगमन

फुटबल सहभागिता

२०१७:
पोलिश इन्टरनेशनल फुटबल लिगमा पहिलो पटक नेपाली टोलीको सहभागिता
– कप्तान: सुजन बगाले

२०१८:
पुनः पोलिश इन्टरनेशनल फुटबल लिगमा सहभागिता
– प्रशिक्षक: गणेश बुढाथोकी
– कप्तान: मुकुल बोहोरा
खेल आयोजना तथा नेतृत्व

२०१९:
सुजन बगाले, दामोदर रेग्मी र मुकुल बोहोराको संयुक्त पहलमा
NRN को सहयोगमा पहिलो पटक खेल आयोजना

२०२०:
नेपालीहरूको सहभागितामा
विभिन्न ब्यक्तित्वको सहयोगमा खेल सम्पन्न

२०२१:
स्विडेनमा आयोजित NRN Cup मा सहभागिता
– पोल्यान्डबाट दुई टोलीको नेतृत्व

🏆

 विजेता टोली: Lisnep Poznan (पोल्यान्ड)
संघर्ष, चोट र अडान

“उनी भन्छन् जीवनमा म होइन, हामी भनेर हिँड्नुपर्छ” भन्ने सोच नै जीवनको मूल मन्त्र

२०२१ पछिको उनको पोल्यान्ड नेपाली समाजमा गरेको विभिन्न ब्यक्ती संस्था समूह आदि योगदान र खेलकुद चर्चा मार्च १ तारिक २०२६ ।

तपाइको उत्तरोत्तर प्रगतिको कामना
पोल्यान्डनेपाल परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *