पोल्यान्डमा मञ्जुश्री सम्वत २८६२ औँ ताङ ल्हो घोडा वर्गको सोनाम लोसार सम्पन्न

पोल्यान्डमा मञ्जुश्री सम्वत २८६२ औँ ताङ ल्हो घोडा वर्गको सोनाम लोसार सम्पन्न

मञ्जुश्री सम्वत २८६२ औँ ताङ ल्हो घोडा वर्गको सोनाम लोसार कार्यक्रम पोल्यान्डमा भव्य रूपमा सम्पन्न भएको छ। पोल्यान्डमा क्रियाशील Poland Gedung Tamang Samaj को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले नेपाली समुदायबीच सांस्कृतिक एकता, पहिचान र परम्पराको संरक्षणमा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।

कार्यक्रमको अध्यक्षता चतुर मान तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथि डक्टर बोधराज सुवेदी (अवैतनिक वाणिज्य दूतावास, पोल्यान्ड) हुनुहुन्थ्यो। कार्यक्रममा नेपाली समुदायका अग्रज व्यक्तित्व, संघसंस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विशेष अतिथिहरूमा एनआरएनए अध्यक्ष रिता तिवारी न्यौपाने, एनआरएनए पोल्यान्ड महासचिव उदयराज गिरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोल्यान्ड अध्यक्ष सुसन परियार, पानी अभियानकर्ता एवम वैदेशिक प्रवासी नेपाली सङ्घका संयोजक मित्रलाल पार्दे, नेपाली जनसम्पर्क समिति पोल्यान्ड सभापति भीम परियार, संयुक्त नेपाली मजदुर समाज पोल्यान्ड अध्यक्ष भीमबहादुर पाण्डे, याक्थुङ लिम्बु समाज पोल्यान्ड अध्यक्ष तथा यूएनएलएसका सल्लाहकार सुनिता लावती, कार्चेव तामाङ एकता समाज पोल्यान्ड प्रतिनिधि राकेश लामा, वार्सा प्रतिनिधि नेपाल तामाङ घेदुङ समाज पोल्यान्ड सोनाम लामा, नेपाल मगर सङ्घ शाखा पोल्यान्ड अध्यक्ष नवराज राना, पूर्व आइसिसी पोल्यान्ड सदस्य तथा व्यवसायी भीमबहादुर खड्का लगायत अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले सांस्कृतिक आदानप्रदान, शुभकामना आदानप्रदान तथा समुदायबीच आपसी सद्भाव सुदृढ गर्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको छ। वक्ताहरूले विदेशमा रहे पनि आफ्नो भाषा, संस्कृति र पहिचान जगेर्ना गर्नु सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरेका थिए।

सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमका प्रमुख आकर्षण बने। गायनतर्फ ङवाङ लामा योञ्जन, मन्दिरा वाइबा, मिलन घलान, पेमा लामा, रेशम पुलामी मगर र कुसुम तामाङ्गले उत्कृष्ट प्रस्तुति दिएका थिए। हास्य कलाकार तथा नृत्यकार फुर्वा साङ्गे लामाले दर्शकहरूलाई हाँसो र मनोरञ्जन प्रदान गरेका थिए।

नृत्य प्रस्तुतिमा अनिता स्याङ्तानसहितको सामूहिक नृत्य, इशा मगर, सबिना थापा, तथा भुवन राना मगरले सांस्कृतिक रंग थपेका थिए। साहित्यिक प्रस्तुति अन्तर्गत सुशान परियार र सुजु सुवेदीले गजल तथा कविता वाचनमार्फत दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए। वरिष्ठ मेन्दोमाया गायिका रमिला पोख्रेलको बेजोड प्रस्तुति कार्यक्रमको विशेष आकर्षण बनेको थियो।

कार्यक्रमका मिडिया पार्टनरहरूमा पारदर्शी अनलाइन पोल्यान्डनमस्ते रमाइलो टिभी रहेका थिए, जसले कार्यक्रमको प्रचारप्रसार र दस्तावेजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

समापनका क्रममा सहभागीहरूले यस्तो सांस्कृतिक कार्यक्रमले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो जरा र पहिचानसँग जोडिराख्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। पोल्यान्डमा सम्पन्न यो भव्य सोनाम लोसारले नेपाली समुदायको एकता, सांस्कृतिक समृद्धि र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने प्रेरणादायी सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *