पोर्चुगलमा रहेका नेपाली कलाकारहरूका लागि विशेष अवसर – INAS Portugal ले 2026 European कार्यक्रमको तयारी


पोर्चुगलमा रहेका नेपाली कलाकारहरूका लागि विशेष अवसर – INAS Portugal ले 2026 European कार्यक्रमको तयारी

पोर्चुगल, 28 जनवरी 2026 – पोर्चुगलमा रहेका युवा नेपाली कलाकारहरूका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS Portugal) ले एक सुनौलो अवसर प्रस्तुत गरेको छ। संस्था 2026 मा बेल्जियममा हुन गइरहेको INAS European कार्यक्रम मा सहभागी गराउनका लागि नृत्य र गायन विधामा युवा प्रतिभाहरूको खोजी गर्दैछ।

यस अवसरमार्फत पोर्चुगलमा रहेका नेपाली नृत्य तथा गायन कलाकारहरू, विशेष प्रशिक्षण प्राप्त गरी बेल्जियममा हुने कार्यक्रममा सहभागी हुने मौका पाउने छन्।

🎤 सहभागिताका प्रमुख शर्तहरू

  1. प्रतियोगितामा गायन र नृत्य दुबै विधा रहनेछ।
  2. इच्छुक प्रतिभाले २ मिनेटको स्पष्ट भिडियो तयार पारेर पठाउनुपर्नेछ, जसमा प्रस्तुति सजिलै देखिने र सुन्ने योग्य हुनुपर्छ।
  3. भिडियो पठाउने माध्यम: INAS Portugal पेज वा WhatsApp मार्फत:
    • Sunil Giri – 920806704
    • Santosh Adhikari – 928281697
  4. गायन वा नृत्य नेपाली भाषा वा नेपालभित्र रहेका विभिन्न जनजाति समुदायको कला हुनुपर्नेछ।
  5. प्रतियोगितामा भाग लिने कलाकार नेपाली नागरिक वा मूलका हुनुपर्नेछ।
  6. उमेर सीमा: १०–२१ वर्ष।
  7. प्राप्त भिडियोबाट १–१ उत्कृष्ट नृत्य र गायन प्रतिभा चयन गरिनेछ र उनीहरूलाई विशेष प्रशिक्षण प्रदान गरी बेल्जियममा हुने कार्यक्रममा सहभागि गराइनेछ।

INAS Portugal का आयोजकहरूले इच्छुक प्रतिभाहरूलाई आजै आफ्नो भिडियो पठाएर सहभागिता जनाउन आग्रह गरेका छन्।

यो कार्यक्रम युवा कलाकारहरूको प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कला प्रस्तुत गर्ने सुनौलो अवसरको रूपमा मानिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *