नेपाल तामाङ घेदुङ पोल्यान्डद्वारा २८६२औं सोनाम ल्होछार भव्य रूपमा मनाइने
नेपाल तामाङ घेदुङ पोल्यान्डद्वारा २८६२औं सोनाम ल्होछार भव्य रूपमा मनाइने
पोल्यान्डमा क्रियाशील संस्था नेपाल तामाङ घेदुङ पोल्यान्ड को आयोजनामा आउँदो फेब्रुअरी १४ तारिख का दिन राष्ट्रिय पर्व २८६२औं सोनाम ल्होछार (त ल्हो – घोडा वर्ग) को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
तमाङ समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमलाई सभ्य तथा भव्य रूपमा सफल बनाउन संस्थाले सम्पूर्ण शुभेच्छुक, समाजसेवी, व्यवसायी तथा पोल्यान्डवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आर्थिक प्रायोजन तथा सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सहयोगी मनका धनी मनकारी ज्युहरूका तस्बिर तथा नाम फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिने जानकारी पनि संस्थाले दिएको छ।
नेपाल तामाङ घेदुङ पोल्यान्ड परिवारले यस अवसरमा २८६२औं सोनाम ल्होछारको हार्दिक शुभकामना व्यक्त गर्दै, कार्यक्रम सफलताका लागि सहयोग र साथ प्रदान गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
सम्पर्क विवरण:
संरक्षक: सुक तामाङ
कोषाध्यक्ष: संगीता तामाङ
BLIK नम्बर: +48 883 011 471


