साहित्य

Krishna Bhandari (Yogi)

ॐ शान्ति
जय होस् तिम्रो सधै

Krishna Bhandari (Yogi)

ॐ शान्ति
जय होस् तिम्रो सधै
मेरो अस्तित्वको आभाष लाई वादल सरी उडाईदिएकोमा;

जय होस् तिम्रो सधै
मेरो पित्री को अस्तित्वको अनुष्ठान सरी शिल्पी कोरिदिएकोमा;

जय होस सधै तिम्रो
अलिकति आफ्नो पनको आभास नदिएकोमा;

सधैं जय होस् तिम्रो; सधै
मलाई आशिर्वाद र साथ दिएर यहाँ सम्म आयको परमात्मा मा अझै पुर्ण विश्वास र तपस्या मा लिन हुन समयलाई न्याय गर्ने जिम्मेवारी सुम्पिएर;
तिमीले खनेको खाल्टोमा आफै पुरीएर ध्यान मृत हुन प्रेरणा दिएकोमा…
खन; अझै खाडलहरू
उडाउ अझै बादलहरु
खै; मेलै आफ्नै सोचेर गरेको प्रेम नै
गलत थियो कि ;क्या हो सायद म नै …
थोरै दिएर हेर ;
जति दिए पनि
धन्यवाद समेत भन्न गाह्रो
ओहो तिम्रो हृदय पग्लेन; कति साह्रो??

धन्यवाद यस्तो नारद मुनि तिमी
स्वस्थानी व्रत कथा मा पनि तिमी …

जय समय देव
देव आदी देवराज
राजा हम
महाराजा हम
अरूको अस्तित्वको आभाष लाई वादल सरी उडाएर
आफ्नो धार्मिक; सामाजिक सञ्जाल सुरक्षित ठान्ने …
आफ्नै पित्री को सन्तति को रत्ति भर नमान्ने
अस्तित्वको अनुशासन र नियमलाई पनि रतिभर नठान्ने
होस
तिम्रो
सधै
जय होस
काल काल
वर्तमान, भुत भविष्य
काल काल
बजाउ ताल..
कति नाच्न दिन्छौ अझै नेते झै बेताल

सर्व मंगलम भवतु। ।।