“लघुकथाको सुगन्ध-शिक्षक” संयुक्त लघुकथा सङ्ग्रह बिमोचन सँगसँगै हेमलता स्मृति पुरस्कार घोषणा

मनोज चौधरी

२४ जुन, चितवन । नमस्ते आधुनिक लघुकथा मञ्चलेले हरेक वर्ष असार ९ र १० गते दुई दिन वार्षिकोत्सब मनाउँदै आइरहेकोेछ । सोही अवसरमा यसवर्ष चौथो वार्षिकोत्सबको उपलक्ष्यमा १३३ लघुकथाकार द्वारा लिखित १६९ वटा लघुकथा, १६९ पृष्ठमा सङ्ग्रहित गरिएको पुस्तक, शिक्षक विषयक संयुक्त सङ्ग्रह “लघुकथाको सुगन्ध-शिक्षक” प्रकाशन गरी आजकै दिनमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, शैक्षिक-प्राज्ञिक व्यक्तित्व, प्रज्ञा सभा सदस्य कपिल लामिछानेको बाहुलीबाट देशविदेसका सर्जकहरु सामु भर्चुअल माध्यमबाट विमोचन गरिएको छ ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष शेखर अर्यालले सम्पूर्ण सर्जकहरुलाई स्वागत गर्दै मन्तव्य दिनुभएको थियोे । यही अवसरमा अघिल्लो वार्षिकोत्सबमा घोषणा गरिएको हेमलता स्मृति पुरस्कार दुई जना लघुकथाकारलाई प्रदान गरिन घोषणा गरिएको थियो । सोही अनुरु हेमलता स्मृति सम्मान प्राप्त गर्नुहुनेमा, नारी स्रस्टा नानी बिवु र पुरुष स्रस्टा वसन्त अनुभवलाई भब्य कार्यक्रम बिच सम्मान तथा नगद राशि प्रदान गरिने घोषणा गरिएको थियोे । उक्त कार्यक्रममा विशिष्ट अतिथि, शिक्षा विकास तथा समन्वय इकाई चितवन प्रमुख भुमिलाल शर्माले, नमस्ते आधुनिक लघुकथा मञ्चले प्रकाशन गरेको शिक्षक विषयक लघुकथा संयुक्त सङ्ग्रह “लघुकथाको सुगन्ध शिक्षक”ले शिक्षक विद्यार्थी तथा सरोकारवालाहरुलाई सकरात्मक ढङ्गले झक्झक्याउँने छ, क्रियाशील तथा रचनात्मक बनाउनेछ साथै यसखाले कृति हरेक स्कुलका पुस्तकालयमा राखिनुपर्ने र पढिनुपर्ने जिकिर गर्दै मञ्च तथा सबै सर्जकहरुको उत्तरोत्तर प्रगतिको कामना सहित शुभेच्छा प्रकट गर्नुभयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार, समिक्षक, डा. दिनवन्धु शर्माले “लघुकथाको सुगन्ध-शिक्षक” माथि समीक्षा गर्दै, सबै लघुकथाकारका लघुकथाहरु मिहिन ढङ्गले केलाएर समिक्षा गर्नुभयो । वहाँले पाँच आयामका लघुकथाहरु सङ्ग्रह भित्र पाइएको र हरेक लघुकथा आफैमा महत्त्वपूर्ण भएका साथै पठनिय, सङ्ग्रहणिय रहेको जिकिर गर्नुभयो, वहाँले थप आकर्षणका साथ यसखाले रचना सबै शिक्षक, विद्यार्थी तथा सरोकारवालाले अनिवार्य पढ्नुपर्ने भाव प्रकट गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत कार्यक्रमका प्रायोजकहरु, अतिथिगणहरु क्रमशः प्रथम नारी नियात्राकार, साहित्यकार तथा मञ्चका संरक्षक, एडमिन रञ्जुश्री पराजुली, साहित्यकार दिपक लोहनी, साहित्यकार, बाल कथाकार ललिता दोषी लगायतले मञ्चले गरेको कामको सरहाना गर्दै मञ्चलाई भब्य बधाई तथा शुभकामना प्रकट गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्षमा आसिन रहेका नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष, लघुकथाकार, साहित्यकार घनश्याम डल्लाकोटी “कृष्णजी शर्मा”ले सहभागी सम्पूर्णलाई कार्यक्रम सफल र भब्य बनाइदिनुभएकोमा धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभएको थियो भने रेडियोकर्मि, प्रध्यापक, कुशल वक्ता कमल पौडेल द्वारा औपचारिकताका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम निरन्तर करिब दुई घण्टा सञ्चालन भएको थियो ।